तोडिन्छ अहम् पनि
बाँके,जेठ २३ गते ।
गीत कार्की,
सेतो कात्रोमा कुनै गोजी हुदैन
मसान घाटमा कुनै कुराको रोजी हुदैन
किन गर्छौ तछाडमछाड यहाँ ?
मृत्यु पश्चात कसैको खोजी हुदैन ।।
हाम्रो जीवन अजम्बरी हुदैन
सधैभरि एकनासको हुँदैन
घमण्ड के कुरामा गर्दै छौ ?
जुनीभर झुटो सँसार हुदैन ।।
मुर्दामा कसैको माया हुदैन
अन्त्यष्टि पछिको छाँया हुदैन
स्वार्थ मात्र हुन्छ दुनियाँमा किन ?
जाने दिन दैव पनि हाम्रो दायाँ हुदैन ।।
आउने कालको कुनै रुप हुदैन
लगेर नगएसम्म ऊ चुप हुदैन
किन तेरो र मेरो भनि अहङ्कार गर्छौं ?
जाने दिन कसैको भुलचुक हुदैन ।।




प्रतिकृया दिनुहोस