२५ कार्तिक २०८३ मंगलबार

तीज विशेष एकल नृत्य प्रतियोगितामा झरना सुनार प्रथम

लाइभपाटी संवाददाता

बाँके ।  हरितालिका तीजको अवसरमा नेपालगन्जमा आयोजना गरिएको तीज विशेष एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । देउती सोप एण्ड केमिकल्स प्रा.ली. को आयोजनामा नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा शुक्रवार तीज विशेष एकल नृत्य प्रतियोगिता सम्पन्न भएको हो । 

 

तीज विशेष एकल नृत्य प्रतियोगितामा झरना सुनार प्रथम भएकी छिन । झरनाले ४० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै नृत्यमा जित हासिल गरेकी हुन् । तीज विशेष एकल नृत्य प्रतियोगिताबाट पूर्वी बि.क दोस्रो,  सुवेच्छा सिंह तेस्रो, सुबिना थापा मगर र रोजिना बमले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए ।

 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतिस्पर्धिलाई  आयोजकले क्रमशः २० हजार, १० हजार, ५ हजार राशि सहित प्रमाणपत्र प्रदान गरेको थियो । प्रतियोगितामा सान्त्वनालाई देउती सोप एन्ड केमिकल्स प्रा.ली. द्वारा गिफ्ट ह्याम्पर र सारी सहित प्रमाणपत्र वितरण गरिएको देउती सोप एन्ड केमिकल्स प्रा.ली. आधिकारिक विक्रेता राठोर जनरल स्टोरका प्रोप्राइटर रामकुमार राठोरले जानकारी गराउनुभएको छ । 

 

यस्तै तीज विशेष एकल नृत्य प्रतियोगिता कार्यक्रममा राष्ट्रिय कलाकार तथा बाँकेकी चेली गायिका सपना शाहीको बेजोड प्रस्तुति रहेको थियो । चर्चित गायिका सपनाले आफ्ना गितहरू मार्फत नारीहरूलाई खुब नचाउनु भएको थियो । करिव आधा दर्जन गित गाएर उहाँले सहभागिहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

 

 

कार्यक्रममा राष्ट्रिय कलाकार तथा नृत्यङ्गना करिश्मा शाहीको पनि बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रसान्त ठिष्ट, विशिष्ट अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी खग्रेन्द प्रसाद रिजाल, अतिथिहरुमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुल बहादुर कार्की र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेड क्वार्टर बागेश्री बाँकेका प्रमुख एसपी विमल डागी र अतिथिहरुमा नेपालगन्ज उद्योग वाणिज्य सघंका पूर्व अध्यक्ष नन्द्रला वैश्य,नेपालगन्ज उद्योग वाणिज्य सघंका महासचिव चिरनजिवि ओली नेपालगन्ज उद्योग वाणिज्य सघंका पूर्व सदस्य दिप्रेन्द विष्ट र राठौर जनरल स्टोरका सन्चालक राजकुमार राठौर लगाएतका रहनु भएको थियो ।  उक्त कार्यक्रमको अध्क्षता देउती सोप एण्ड केमिकल्स प्रा.लिं.का सन्चालक डम्बर ओलीले गनुभएको थियो । 

 

पाहुनाहरुलाई आयोजकले आफ्नो उत्पादन गरेको रिठ्ठा पात डिटरजेन्ट पाउडर, भेरी डिटरजेन्ट पाउडर, लुगा धुने सावुन, भाडा धुने सावुन मायाको चिनो स्वरुप प्रदान गरेको थियो ।

 

प्रतिकृया दिनुहोस
↑
if (typeof target.onselectstart!="undefined") //For IE else if (typeof target.style.MozUserSelect!="undefined") //For Firefox else //All other route (For Opera)