२६ कार्तिक २०८३ बुधबार

रुवीभ्यालीको शिरमा सुन्दर कालोदह (फोटोफिचर)

लाइभपाटी संवाददाता

धादिङको रुवीभ्याली गाउँ नामले मात्रै होइन, ठाउँले पनि उत्तिकै सुन्दर छ । रुवीभ्यालीको शिरमा रहेको गणेश हिमाल श्रृङ्खलाले यो ठाउँको सुन्दरतालाई अझै चमक थपेको छ । गणेश हिमाल श्रृङ्खलामै पर्छ कालोदह र सेतोदह ।

 

 

सेतोदहमा हिउँदको बेला पानी हुँदैन, तर कालोदहमा सधैँ एकनासको पानी हुन्छ । रुवीभ्याली गाउँपालिकाको वडा नम्बर चारमा अवस्थित चार हजार मिटरभन्दा बढीको उचाइमा रहेको यो दहको नाम कालोदह रहे पनि छिनछिनमा पानी निलो गाढा देखिन्छ ।

 

 

मौसम सफा भएको बेलामा कालोदहको कञ्चन पानीमा गणेश हिमाल श्रृङ्खलाको छाया देखिन्छ । पोखराको फेवातालमा माछापुच्छ्रेको छायाँजस्तै देखिने कालोदहको गणेश हिमाल श्रृङ्खलाको आकृतिले त्यहाँ पुग्ने सबैलाई मोहित बनाउँछ ।

 

 

बोन्पो धर्ममा विश्वास गर्ने धामीझाँक्रीले आफूलाई दीक्षित गर्ने क्रममा यो दहमा आएपछि मात्र आफ्नो शिक्षा पूरा हुने मानिन्छ । यहाँ जनै पूर्णिमाको बेलामा लामा झाँक्रीहरुले विशेष पूजा गर्छन् । गणेश हिमालको काखमा रहेको यो सुन्दर ठाउँ प्रचारको कमीले ओझेलमा परेको छ ।

 

 

प्रतिकृया दिनुहोस
↑
if (typeof target.onselectstart!="undefined") //For IE else if (typeof target.style.MozUserSelect!="undefined") //For Firefox else //All other route (For Opera)