नेपालगञ्ज उपमहानगरपालिकामा वडा नम्वर १ मा धमाधम घर नम्बरिङको काम
बाँके । नेपालगञ्जमा पहिलो पटक घर नम्बरिङ्गको काम धमाधम भइरहेको छ । नेपालगञ्ज उप–महानगरपालिका १ देखि पहिलो पटक मेट्रिक प्रणालीको आधारमा घर नम्बरिङ्गको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रबक्ता तथा वडा १ का वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो ।
वडा अध्यक्ष रिजालले भन्नुभयो, ‘यसमा गुगल कोड समेत राखिएको हुन्छ, यसको प्रयोगबाट आफूले खोजेको स्थानमा पुग्न सहजता हुन्छ, अहिलेको सूचना प्रविधिको जमानामा यो अनिवार्यजस्तै छ ।’ वडा नम्बर १ मा १५ टोलमा दुई हजार बढी घरहरु रहेका छन् । उपमहानगरपालिकाका इञ्जिनियर चन्दनराज दाषले मङ्सिरभित्र सम्पूर्ण घर नम्बरिङ्ग गरिसक्ने योजनाअनुसार प्रविधिक र अन्य कर्मचारी परिचालन गरिएको जानकारी दिनुभयो ।
टोलको नम्बर प्लेटमा टोलको नाम र सङ्ख्या उल्लेख छ । यो सङ्ख्या टोलको सुरु स्थानबाट मिटरअनुसार राखिने दासले बताउनुभयो । गुगल कोड राखेमा आफू भएको स्थान पत्ता लाग्नेछ । घर नम्बरिङ्गसँगै उपमहानगरपालिकामा सफ्ट्वेयर राखिएको छ । जसबाट घरधनीको समेत विस्तृत विवरण पत्ता लाग्ने उपमहानगरपालिकाले जनाएको छ । घना सहरी क्षेत्र भएकाले एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सवारी साधनका लागि यो सहज हुने उपमहानगरपालिकाले जनाएको छ ।
https://youtu.be/h9bKjmRVEKA?si=8AfW7ploWj98tKcT




प्रतिकृया दिनुहोस