२४ कार्तिक २०८३ सोमबार

धम्बाेझीमा प्रथम आन्तरिक भेट्रान ब्याडमिन्टन प्रतियाेगिता सुरु

लाइभपाटी संवाददाता

बाँके ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बाेझीमा प्रथम आन्तरिक भेट्रान र खुल्ला ब्याडमिन्टन प्रतियाेगिता सुरु भएकाे छ ।

 

धम्बाेझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रले आयाेजना गरेकाे प्रतियाेगिताकाे वडाध्यक्ष प्रमाेद रिजालले उद्घाटन गरे । केन्द्रका अध्यक्ष जनार्दनरत्न मल्लका अनुसार, ५० वर्षमाथिकाे भेट्रानमा २० र खुल्लामा २६ टीमकाे सहभागिता रहेकाे छ ।

 

 

विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र २ हजार पुरस्कार राखिएकाे छ । प्रतियाेगिता २८ गतेसम्म संचालन हुनेछ । केन्द्रमा नियमित प्रशिक्षण गर्ने र वडाका नागरिकलाई प्रतियाेगितामा सहभागी गराइएकाे छ ।

 

एक कराेड १५ लाख बढीमा बनाइएकाे धम्बाेझीकाे ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा बालबालिकालाई नियमित प्रशिक्षण दिने गरिन्छ । केन्द्रले त्यसका लागि प्रशिक्षक राखेकाे छ । नियमित अभ्यास गर्न आउनेसँग केन्द्रले थाेरै शुल्क लिने गर्दछ ।

 

 

प्रतिकृया दिनुहोस
↑
if (typeof target.onselectstart!="undefined") //For IE else if (typeof target.style.MozUserSelect!="undefined") //For Firefox else //All other route (For Opera)