२५ कार्तिक २०८३ मंगलबार

नौबस्ता कारागार ३ कैदी भागे, खोज्न सुरक्षाकर्मी परिचालन

लाइभपाटी संवाददाता

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता कारागार ३ जना कैदी भागेका छन् । सोमबार बिहान करिब ९ बजेको समयमा कारागारबाट ३ जना कैदी भागेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी युनिटहरूबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । भागेका कैदीहरूको खोजीका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ ।

 

कैदी भागेसँगै जिल्लास्थित सुरक्षा अधिकारीहरू नौबस्ता कारागारमा पुगेका छन् । फरार हुनेहरूमा बाँके खजुराका एक, दाङका एक र प्यूठान घर भएका एक कैदी रहेको बताइएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस
↑
if (typeof target.onselectstart!="undefined") //For IE else if (typeof target.style.MozUserSelect!="undefined") //For Firefox else //All other route (For Opera)